दाङ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा ‘कल्भर्ट’ निर्माण गरिएको छ। श्रमदानबाट उक्त खोलामा ‘कल्भर्ट’ निर्माण गरिएको हो।
उक्त खोलामा लगाइएको कल्भर्ट वर्षाका कारण खोलामा बाढी आउँदा बगाएको थियो। कल्भर्ट बगाएपछि आवतजावतमा निकै समस्या भएको कारण स्थानीयकै पहलमा कल्भर्ट निर्माण गरिएको उपमहानगरपालिकाले जनाएको छ।
उक्त खोला पार गरेर दीपेन्द्र आधारभूत विद्यालय घोरानेटी जानुपर्ने भएकोले विद्यार्थीलाइ समेत समस्या भएपछि श्रमदानबाट कल्भर्ट निर्माण गरिएको स्थानीयले बताए।