काठमाडौं। लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले पूर्वाधारमा ठूला लगानी गर्न सरकारकै भूमिका बढी हुने बताएका छन्। ‘नेपाल पूर्वाधार सम्मेलन–२०२४’ को तेस्रो सत्र ‘प्राइभेट सेक्टर इन्गेजमेन्ट’ मा बोल्दै उपाध्यायले यस्तो बताएका हुन्।
उनले निजी क्षेत्रले स–सानो कुरा ख्याल् गर्ने र नयाँ खोज गर्दै स्वच्छ प्रतिस्पर्धा गर्न सक्रिय हुने भएकाले अदृश्य रूपमा निजी क्षेत्रको भुमिका महत्त्वपूर्ण हुने बताए।
उपाध्यायले सरकारको सुधारिएको नियमले ऊर्जामा उत्पादन बढाउँदै गएको समेत बताए।