काठमाडौं। लगानी बोर्डका पूर्वकार्यकारी अधिकृत राधेश पन्तले सरकारले निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताएका छन्। नेपाल पूर्वाधार सम्मेलन, २०२४ को तेस्रो शत्रमा बोल्दै पन्तले सरकारले निजी क्षेत्रलाई लगानी गर्न आउ भनेर कार्पेट बिच्छ्याउन सक्नुपर्ने बताएका हुन्।
उनले आफ्नै देशको सरकारले सहज वातावरण बनाउन नसके जुन देशमा सहज वातावरण हुन्छ त्यहाँ लगानीकर्ता जाने समेत बताए। बाहिरी देशहरूले नेपालमा लागनी गर्ने वातावरणका लागि विश्वास गर्न नसकेको समेत पन्तको बुझाइ छ।