काठमाडौं। पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको समापन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
उनले नेपाल सरकारले केही समयअगाडि आयोजना गरेको लगानी सम्मेलनका बेला केही कानुनमा सुधार गरी लगानीका लागि उपयुक्त वातावरण बनाएको बताए।
अध्यक्ष प्रचण्डले नेपाल उद्योग परिसङ्घले समग्र आर्थिक विकासका लागि रचनात्मक भूमिका खेल्दै आएको भन्दै पूर्वाधार सम्मेलनलाई त्यसको निरन्तरताका रूपमा लिएको बताए।