रामेछाप। रामेछापको सुनापति गाउँपालिको खनियापानीमा रहेको जलदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ। नवनिर्मित भवनको शुक्रबार सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले उद्घाटन गरेका हुन्।
भवन निर्माणको काम अघिल्लो वर्ष नै पूरा भएपनि औपचारीक उद्घाटनमा भने ढिला भएको हो। एसियाली विकास बैंकको सहयोगमा निर्माण भएको अत्याधुनिक भवनमा १२ कोठा छन्।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले आधुनिक भवन जलदेवी माविको भौतिक पूर्वाधार विकासमा कोसेढुंगा सावित हुने बताए।
उनले गुणस्तरीय शिक्षाका लागि विद्यालयमा आवश्यक थप पूर्वाधार विकासमा गाउँपालिकाले योजनाबद्ध सहयोग गर्ने उनले बताए।