सांकेतीक तस्बीर
काठमाडौं। बागलुङको बुर्तिबाङमा घर पुनः निर्माण गर्दा भत्किएर एक जनाको मृत्यु भएको छ। बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर पुनः निर्माण गर्दा भत्किएर एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा घरधनी नै रहेका ५५ वर्षीय बेगबहादुर विक रहेका छन्। घटनामा अन्य ११ जना घाइते भएको प्रहरीले जनाएको छ।
विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरीले जनाएको छ।