काठमाडौं। अहिले देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै भाग र बाँकी सबै प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले बताएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै भागमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। तीन वटा प्रदेशका केही भागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका केही भागहरु र बाकी प्रदेशका थोरै भागमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।