रुपन्देही। लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराज अर्याल नियुक्त भएका छन्। सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको बैठकले उपाध्यक्षमा अर्याललाई नियुक्त गरेको हो।
त्यसैगरी बैठकले सदस्यमा रोल्पा परिवर्तन गाउँपालिका–६ का सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ का भुवन चौधरी र बुटवल उपमहानगरपालिका–१८ रूपन्देहीका शान्तादेवि ढकाललाई नियुक्त गरेको छ।
बैठकले गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिफेक्चर, बुङ्गोओनो सहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि पनि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।