काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकासलाई द्रुत गति दिन सरकारले प्रविधिलाई मेरुदण्डका रुपमा अंगिकार गरेको बताएका छन्। बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा मङ्गलबार शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विकास–निर्मााणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अङ्गीकार गरेको बताएका हुन्।
उनले सरकारले आर्थिक विकास एवम् सामाजिक रुपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको समेत उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, “सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक छ । यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति छ।”