जुम्ला। जुम्लाको सिंजा क्षेत्रमा रणनीतिक अस्पताल बनाइने भएको छ। कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जुम्लाको सिंजा क्षेत्रमा रणनीतिक अस्पताल खोलेर स्वास्थ्य सेवालाई थप सहज बनाउन लागिएको बताएका हुन्।
उनले सिंजाका नागरिकले सहजै रुपमा स्वास्थ्य सेवा पाउने भन्ने उद्देश्यले सिंजा, हिमा र कनकासुन्दरीको बीचमा रणनीतिक अस्पतालको कार्यक्रम अघि बढाउन खोजेको बताए।
सिंजा हुँदै आन्तरिक तथा बाहृय पर्यटकहरु मुगुको राराताल जाने भएकोले अस्पताल स्थापनाले ठूलो राहत मिल्ने उनको भनाइ छ।
उनले कर्णालीको स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न मन्त्रालय तयार रहेको समेत बताए ।