काठमाडौं। नदी किनारको मापदण्डबारे सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ। बिहीबार पूर्वमन्त्री राजेन्द्र महतोसहितका प्रदर्शनकारीले माइतीघरको सडकमा सुतेर विरोध गरेका हुन्।
सर्वोच्च अदालतले बागमती, विष्णुमती लगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएपछि आफूहरुको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन्।