भक्तपुर। भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल गरिएको छ। बिहीबार अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउनेबारे छलफल भएको हो।
छलफलबाट अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको विस्तृत परियोजना प्रस्ताव तयार पार्ने परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको बताइएको छ।
परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि अस्पताल निर्माणको काम अघि बढाउने समेत दुई मन्त्रीबीचमा सहमति भएको छ।