काठमाडौं। दुई वटा प्रदेशका केही भागमा हल्का वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका केही भागमा वर्षा भइरहेको हो।
आज दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका थोरै क्षेत्रमा सामान्य वर्षा हुने छ भने गण्डकी प्रदेशका केही भाग र बाँकी सबै प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति सबै प्रदेशमा मध्यम देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।