काठमाडौं। तनहुँको बन्दीपुरमा मिनीग्रेटवाल निर्माणको काम हालसम्म ८० प्रतिशत पूरा भएको छ। बन्दीपुर गाउँपालिका–२ मा रहेको थानीमाई मन्दिरबाट चुलिडाँडासम्म करिब २ किलोमिटर लम्बाइको मिनीग्रेटवालको काम हालसम्म ८० प्रतिशत पूरा भएको हो।
मिनीग्रेटवाल आगामी पुषभित्र निर्माण सम्पन्न गर्नेगरी दैनिक २५ जना जनशक्ति लगाएर काम भइरहेको बन्दीपुर गाउँपालिकाले जनाएको छ। मिनिग्रेटवाल निर्माणको काम गत वर्षदेखि सुरु भएको हो।
मुकुन्देश्वरीडाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको रहेको र मिनि ग्रेटवालभित्र रहेको पदमार्गमा घोडाबाट सवार गर्ने व्यवस्था मिलाइने छ । उक्त पदमार्गलाई मुकुन्देश्वरी मिनी ग्रेटवाल नामाकरण गरिएको छ ।