काठमाडौं। धुलिखेलमा वीपी कोइरालाको पूर्णकदको सालिक निर्माण गरिएको छ। धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा वीपी राजमार्गको प्रस्थानविन्दुमा वीपीको शालिक निर्माण गरिएको हो।
२०७१ सालमा शालिन निर्माणका लागि शिलान्यास गरिएको थियो। शिलान्यासको १० वर्षपछि १५ लाख लागतमा शालिक निर्माण सम्पन्न भएको छ।
उक्त शालिकको आगामी असोज ५ गते कांग्रेस सभापति शेरबहादुर देउवाले अनावरण गर्ने कांग्रेस जिल्ला कार्यसमितिले जानकारी दिएको छ।