काठमाडौं। कर्णाली प्रदेशका थोरै भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भाग र बाकी प्रदेशका थोरै क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कर्णाली प्रदेशका केही भाग र बाँकी प्रदेशका थोरै स्थानमामेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।