काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन वटा प्रदेशमा र बाकी प्रदेशका थोरै भागमा आंशिक बदली भइरहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भाग र बाकी प्रदेशका थोरै भागमा आंशिक बदली भइरहेको हो।
आज दिउँसो पहाडी भूभागका केही भाग र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती तीन वटा प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो। बाकी प्रदेशका थोरै भागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, मधेश र बागती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।