काठमाडौं। निर्माण व्यवसायीहरुले लुम्बिनीस्थित लुम्बिनी विकास कोष अगाडी धर्ना दिएका छन्। काम गरेको १० महिलासम्म पनि लुम्बिनी विकास कोषबाट भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले आइतबार धर्ना दिएका हुन्।
निर्माण व्यवसायीहरू खानी अर्घाखाँची बाबुल जेभी, रमन गजुरमुखी राम जानकी जेभी, लामा अपेक्स कमलजित जेभी र लुम्बिनी अनक खड्का कृष्ण जेभी लगायतले लुम्बिनी विकास कोष अगाडी कालो ब्यानरसहित धर्ना दिएका हुन्।
दुई वर्षे ठेक्का लिएर काम गरिरहेका उनीहरूले १० महिनादेखि भुक्तानी नपाउँदा बाध्य भएर आन्दोलन गर्नुपरेको बताएका छन्। पटक–पटक भुक्तानीका लागि आग्रह गर्दा सुनुवाइ नभएपछि बाध्य भएर धर्नामा बस्नु परेको उनीहरुको भनाइ छ।
निर्माण व्यवसायीको आज लुम्बिनी विकास कोषको कार्यालय गेटमा तालाबन्दी गर्ने कार्यक्रम छ।