काठमाडौं। आगामी शनिबारसम्म देशभरको मौसममा बदलाव आउँने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो चार वटा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती चार वटा प्रदेश कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले बताएको छ। भारी वर्षा हुने स्थानहरुमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।