नवलपुर। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.१ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना भएको छ। काठमाडौँबाट भारतको राजस्थान जाँदै गरेको आरजे १४ पीसी ३४४५ नम्बरको बस सोमबार राति २ बजे तिर दुर्घटनामा परेको हो।
दुर्घटनामा २३ जना घाइते भएका छन्। घाइते सबै राजस्थानका नागरिक रहेको प्रहरीले जनाएको छ। चालकले नियन्त्रण गुमाई बस पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।