काठमाडौं। अहिले देशभर आंशिकदेखि साधारणतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
६ वटा प्रदेश कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै भागमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। वर्षाको समय भएको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।