चितवन। भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारका संरचना भत्काउन सुरु गरिएको छ। भरतपुर महानगरले खोला किनार मिचेर बनाएका संरचना बुधबारदेखि भत्काउन सुरु गरेको हो।
महानगरले बुधबार बिहान खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको र नक्सा पान नै नभएको लायन्स क्लबको भवन समेत डोजर लगाएर भत्काएको छ।
महानगरले पटक पटक खोला किनार अतिक्रमण गरी बनाएका संरचना हटाउन आग्रह गरेको थियो। महानगरको निर्देशक समितिको गत भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार महानगरले आजदेखि अतिक्रमित संरचना हटाउन सुरु गरेको हो।