सांकेतिक तस्बिर
झापा। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली ८० हजार घुस रकमसहित पक्राउ परेका छन्। जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि सेवाग्राहीसँग घुस लिएका वडाध्यक्ष ओली पक्राउ परेका हुन्।
घुस लेनदेनको सूचना टेलिफोन मार्फत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले अध्यक्ष ओली र घुस दिने भारतीय नागरिक अमरनाथ चौहान दुवैलाई पक्राउ गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।