सांकेतिक तस्बिर
काठमाडौं। यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि नेपालभर रुट परमिट खुला हुने भएको छ।
यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो।
कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने बैठकको निर्णय छ।
बैठकले १२ असोजदेखि अग्रिम बुकिङ खुलाउने निर्णय समेत गरेको छ।