सोलुखुम्बु। सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा सार्वजनिक पूर्वाधार पुनर्निर्माण गर्न सुरु गरिएको छ। हिमताल फुटेर आएको बाढीका कारण क्षति पुगेको थामेका सार्वजनिक पूर्वाधार पुनर्निर्माण गर्न सुरु गरिएको हो।
गाउँपालिकाले थामे पुनर्निर्माण तथा पुनस्थापनाका लागि ७ करोड १० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको हो। पहिलो चरणमा विद्यालय भवन र स्वास्थ्य चौकी बनाउन सुरु गरिएको छ। अहिलेसम्म बाढी पसेको बस्ती भित्रका जोखिमपूर्ण घरहरु हटाउने, वैकल्पिक बाटो, काठेपुलहरु निर्माण गर्ने, खानेपानी र विद्युत सेवा सुचारु गर्ने काम भइसकेको पालिकाले जनाएको छ।