काठमाडौं। चार वटा प्रदेशका केही भागमा वर्षा भइरहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका केही भागमा वर्षा भइरहेको हो।
आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मान महाशाखाले जनाएको छ।
पाँच वटा प्रदेशका केही भागमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको हो। बाकी प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाकी प्रदेशमा पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। भारी वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।