काठमाडौं। देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश र बाकी स्थानका धेरै भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना छ।
आज राति चार वटा प्रदेश बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्राय सबै ठाउँमा र बाँकी प्रदेशका धेरै स्थानमा मेघगर्र्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। निरन्तर भारी वर्षा भईरहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।