काठमाडौं। नख्खु खोलाले बगाएर ललितपुरमाचार जना बेपत्ता भएका छन्। ललितपुर जिल्लाको ललितपुर महानगर पालिका–१४ नखिपोट कान्तिपुर कोलोनीका चार जना बेपत्ता भएका हुन्।
एक जना महिला, दुई जना पुरुष र एउटा बच्चा बेपत्ता भएको प्रहरीले जनाएको छ। नदी किनारमा पानीको वहाव बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीयवासीलाई सशस्त्र प्रहरीले आग्रह गरेको छ ।
सशस्त्र प्रहरीले उद्धारका लागि काठमाडौँ उपत्यकामा थप १० वटा र्याफ्टबोर्ड परिचालन गरेको छ।