काठमाडौं। कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। लगातारको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा यो वर्षकै उच्च वहाव भएकाले ५६ वटै ढोका खोलिएको हो।
कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ। शनिवार बिहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २८५ क्युसेक पुगेको छ। निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ती बालिएको छ।