फाइल तस्बिर
सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। लिसङ्खु पाखर ३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको हो।
घरमा सुतिरहेकाको बेला राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ। सुनकोसी नदीले खतराको तह पार गरेको छ। अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएका छन्।