काठमाडौं। आजदेखि दशैंका लागि सार्वजनिक सवारीमा अग्रिम टिकट खुला भएको छ। घटस्थापना आउन पाँच दिन बाँकी रहँदा आज बिहान ६ बजेदेखि नै सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको हो।
अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आज बिहानैदेखि यात्रुको भीड लागेको छ ।
टिकट बुकिङ खुला भएपनि शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका मुख्य तथा साना सडकहरु समेत ठाउँ ठाउँमा अवरुद्ध भएका छन्।
राजमार्ग बिग्रिएका कारण काठमाडौँ आवतजावत गर्न समस्या हुने देखिएको छ।