काठमाडौं। ललितपुरमा बाढीले बगाएकालाई उद्धार गर्न हेलिकोप्टर परिचालन गरिएको छ। हेलिप्कटरमार्फ दुईजनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
ललितपुरमा बाढी र पहिरोका कारण ९ जनाको मृत्यु भइसकेको छ । बाढीले बगाएको ११ जनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।
उद्धार कार्यमा ललितपुरमा ११ सय प्रहरी खटिएका छन्। ललितपुरको नख्खु, नखिपोट, कसुन्ती र गोटीखेल क्षेत्रबाट २ सय ८३ जनालाई उद्धार गरिएको छ ।