काठमाडौं। बाढी पहिरोमा परेर काठमाडौं उपत्यकामा हालसम्म २१ जनाको मृत्यु भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा बाढी पहिरोमा परेर अहिलेसम्म २१ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।
ललितपुर र काठमाडौमा ९ ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ। विपदमा परेर अन्य नौ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता भएको समेत प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आज बाढी पहिरोमा परेका सात सय २८ जनाको उद्धार भएको छ।