काठमाडौं। तामाकोशी नदीले १३२ केभीको खिम्ती–लामासाँघु प्रसारण लाइनको टावर बगाएको छ। काठमाडौंलाई विद्युत् सप्लाई गर्ने मुख्य प्रसारण लाइन खिम्ती–लामासाँघु प्रसारण लाइनको ७ नं टावर बगाएको हो।
यसबाट विद्युत् आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यका प्रभावित बनेको छ। यो लाइन नबन्दासम्म काठमाडौँलाई बिजुली अपुग हुनेछ। यसले गर्दा विभिन्न स्थानमा पालो गरेर आपूर्ति गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।