फाइल तस्बिर
काठमाडौं। देशभर गएको बाढी र पहिरोको घटनामा परेर हालसम्म मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ। शुक्रबारदेखि परेको वर्षका कारण आएको बाढी र पहिरोका कारण शुक्रबारदेखि अहिलेसम्म ४९ जनाको मृत्यु भएको हो।
बाढी पहिरोमा परेर ३४ जना घाइते भएका छन् भने ४० जना बेपत्ता भएको प्रहरीले जनाएको छ। बाढी पहिरोमा परेर काठमाडौं उपत्यकामा मात्र हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ।
बाढी पहिरोले देशभरका अधिकांश राजमार्ग अवरुद्ध बनेका छन्।