काठमाडौं। पाँच वटा प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा वर्षाको सम्भावना रहेको हो।
बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति तीन वटा प्रदेश कोशी, मधेश र बागमतीमा पूर्णतया बदली रहने र बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
वर्षाको कारण ठूलो धनजनको क्षती भइरहेको कारण सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।