काठमाडौं। अहिले देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ। आज पनि देशभरका केही भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका विभिन्न क्षेत्रमा आज वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी र गण्डकी प्रदेशका केही भाग र बागमती प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाले ठूलो धनजनको क्षति गरेको हुँनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।