काठमाडौं। आज देशभर हल्का वर्षाको सम्भावना रहेको छ। अहिले तीन वटा प्रदेश कोशी, मधेश र बागमतीका केही भाग र बाकी सबै प्रदेशका थोरै भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो तीन वटा प्रदेश कोशी, बागमती र गण्डकी र बाँकी प्रदेशका केही स्थानमा सामान्य बदली र मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
आज सबै प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। वर्षाले धेरै धनजनको क्षती गरेको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।