काठमाडौं। दशैंका लागि खुलाइएको सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गरिने भएको छ। बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन समस्या भएको भन्दै यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन्।
सोमबार पाठाएका रात्री बसहरु स्वयम्भू, कलंकी र नागढुंगा नै कट्न नसकेको भन्दै व्यवसायीले अग्रिम टिकट बुकिङ बन्द गर्ने बारेमा आज सरकार पक्षसँग छलफल गर्ने जनाएको छ।
यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । अहिलेसम्म धेरै यात्रुहरूले असोज १७ गतेदेखिका लागि टिकट बुकिङ समेत गरिसकेका छन्।