काठमाडौं। २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाबाट आगामी वैशाखसम्ममा विद्युत उत्पादन गर्ने गरी काम भइरहेको छ। सेती हाइड्रो पावर प्रालिले कास्कीको पोखरा महनागरपालिका–३३ मामुसेतोडामा निर्माण गरिरहेको आयोजनाको काम अहिले अन्तिम चरणमा पुगेको हो।
आयोजनाको मुख्य सुरुङ अबको एक महिनाभित्र पूरा हुने आयोजनाले जनाएको छ। एक किलोमिटर पेनस्टक पाइप विस्तारको काम पनि लगभग पूर भइसकेको छ।
अहिले बाँध, सुरुङ, विद्युत्गृह लगायत संरचनाको भइरहेको छ।
आयोजनाबाट वार्षिक १३३.४३२ गिगावाट घण्टा (१३ करोड ३४ लाख ३२ हजार युनिट) विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ। उत्पादित विद्युत १.५ किलोमिटर टाढा लेखनाथ दमौली १३२ केभी प्रसारण लाइनअन्तर्गत 'लुप इन लुप आउट' प्रविधिमा जडान हनेछ ।