काठमाडौं। अहिले तीन वटा प्रदेश कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही भाग र बाँकी प्रदेशका थोरै क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा सामान्य वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको थोरै भागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको कारण धेरै धनजनको क्षति भएको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।