काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यो समय पीडितको उद्धार, राहत र पुनर्निर्माणको काम गर्ने बेला भएको बताएका छन्। असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यो समय आलोचना गर्ने नभएर उद्धार, राहत र पुनर्निर्माणमा जुट्ने समय भएको बताएका हुन्।
उनले विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो काम गरेको दाबी गरे। सबैतिर समस्या भएकाले एकातिर प्राथमिकता दिँदा अर्कोतिर ढिला भएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले जानीजानी लापरबाही नभएको स्पष्टिकरण दिए।
उनले यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमानसम्म नभएकाले पूर्वतयारी हुन नसकेको स्वीकार समेत गरेका छन्।