काठमाडौं। हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही भागहरुमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
आज दिउँसो चार वटा प्रदेश कोशी, मधेस ,बागमती र गण्डकीमा साधारण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कोशी र बागमती प्रदेशका थोरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।
वर्षाको कारण ठुलो धनजनको क्षति भइरहेको कारण सतर्कता अपनाउन महाशाखाले अनुराध गरेको छ।