फाइल तस्बिर
काठमाडौं। नेपाल र भारतबीच आज पेट्रोलियम पाइप लाइन विस्तार र आधुनिक भण्डारण डिपो निर्माण गर्ने सम्बन्धमा सम्झौता हुने भएको छ। पेट्रोलियम पाइप लाइनलाई चितवनको लोथरसम्म पुर्याउन र झापामा ४० हजार किलोलिटरभन्दा बढी क्षमताको भण्डारणगृह बनाउने विषयमा आज सम्झौता हुने भएको हो।
सम्झौताका लागि निगमका तर्फबाट तीन नायब कार्यकारी निर्देशक नागेन्द्र साह, वीरेन्द्र गोइत र दीपक बरालसहित निर्देशक पूर्ण रिजाल, विनीतमणि उपाध्याय, पुष्कर कार्की तथा प्रबन्धक मसिनी खड्का बुधबार भारतको दिल्ली पुगेका छन्।
उक्त परियोजना भारत सरकारको अनुदानमा बन्न लागेको हो।