काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले पाँच वटा डुंगा किन्ने बताएका छन्।
सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरका मेयर महर्जनले डुंगा नहुँदा उद्धार गर्न समस्या भएकोले अब महानगरले नै पाँच वटा डुंगा किन्ने बताएका हुन्।
मेयर महर्जनले डुंगा नभएकाले दुख पाएको भन्दै आगामी दिनमा उद्धार र राहत कार्यमा समस्या हुन नदिन डुंगा किनेर राख्ने बताएका हुन्।