काठमाडौं। आज तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही भाग र बाकी सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशको कुनै कुनै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति पाँच वटा प्रदेश कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको कारण धेरै धनजनको क्षति भएको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।