काठमाडौं। बागमतीका विपद जोखिमयुक्त ४५ स्थानीय तहलाई बागमती प्रदेश सरकारले ५ करोड ८० लाख प्रदान गर्ने भएको छ। शनिबार हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोले क्षति पुर्याएको ४५ वटा पालिकालाई तीन वटा क्लष्टर बनाएर उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
बैठकले ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले प्रदेश विपद् व्यवस्थापन कोषमा रकम न्यून रहेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय समेत गरेको छ।