काठमाडौं। लुम्बिनी र गण्डकी प्रदेशका केही भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेशको केही भागमा र सुदूरपश्चिम प्रदेशको थारै भागमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो चार वटा प्रदेश कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका केही भागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको समय भएको कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।