काठमाडौं। मन्त्रिपरिषद् बैठकले दोधारा चाँदनी सुक्खा बन्दरगाहका लागि वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ। गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले दोधारा चाँदनी सुक्खा बन्दरगाहका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन प्रयोग गर्न दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ। सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्ना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई दिनुपर्ने हुन्छ।
बन्दरगाह निर्माण हुने मायापुरी सामुदायिक वनमा एक हजार सात सय दुई रुख काटिनेछन् । सुक्खा बन्दरगाह भारत सरकारले आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन्छ।
पाँच अर्ब ७५ करोड लागत अनुमान बन्दरगाह निर्माण सुरु भएको तीन वर्षभित्र काम सक्ने बताइएको छ।