फाइल तस्बिर
सुनसरी। सुनसरीको सप्तकोशी नदीमा पानीको बहाब घटेसँगै जेटबोट पुनः सञ्चालनमा आएको छ। चतरास्थित सप्तकोशी नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि जेटबोट सञ्चालनमा ल्याइएको हो।
जलसतह उच्च भएसँगै बन्द गरिएको जेटबोट चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको बताइएको छ।
हाल सुनसरीको चतरादेखि वराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ। जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज भएको छ।